कोशी खेलकुद महोत्सव २०८१आज देखि सुरु-BHITRAKOKHABAR-

0 Shares

कोशी प्रदेशमा आयोजना हुने ‘प्रथम कोशी खेलकुद महोत्सव’, २०८१आज देखि सुरु हुँदैछ ।खेलकुद महोत्सवको उद्‌घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले विराटनगरस्थित सहिद रंगशालामा गर्ने छन् । प्रदेश खेलकुद विकास बोर्डले पहिलोपटक फागुन १३ गतेदेखि १८ गतेसम्म खेलकुद महोत्सवको आयोजना गरेको हो ।महोत्सवअन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन् ।

बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ९पर्शुराम०ले खेल र खेलाडीहरूको व्यक्तित्व विकास तगा प्रवर्धन गर्ने उद्देश्यले पहिलोपटक खेलकुद महोत्सव आयोजना गरिएको हो ।कोशी प्रदेश खेलकुद महोत्सव, २०८१ ले प्रदेशलाई स्थापित गर्दै खेल पर्यटनको विकासमा सहयोग गर्छ । प्रदेश राजधानी खेलकुदको ‘हब’ हो भनेर सन्देश दिन्छ,’ उनले भने ।

बस्नेतले १० औं राष्ट्रिय खेलकुदमा खेलाडीले बढीभन्दा बढी पदक जित्न सकुन् भनेर राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा खेलकुद महोत्सव गर्न लागिएको बताए ।बोर्ड सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उनले खेलाडीले धेरैभन्दा धेरै पदक जितेमा प्रदेशकै नाम र इज्जत रहने उल्लेख गरे ।

‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने उद्देश्यका साथ खेलकुदको विकास गर्नुपर्ने पक्षमा बोर्ड रहेको उनको भनाइ छ ।महोत्सवमा ११ वटा इभेन्टहरू एकै ठाउँमा गरेर नयाँ र सकारात्मक सन्देशका साथै एउटा नजिर स्थापित गर्न खोजिएको उनले बताए ।

उनका अनुसार खेल महोत्सवमा १ हजार जना बढी खेलाडीहरू प्रत्यक्ष रूपमा जोडिने छन् । विकसित मुलुकमा खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ । तर,1नेपालमा खेलाडी, खेलकर्मी र अफिसियलहरूले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने तितो यथार्थ रहेको उनको भनाइ छ ।

खेलकुद महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्टटेनिस, कराँते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिससमेत खेलहरू समावेश गरिएको छ ।

सम्बन्धित समाचारसबै