0
Shares
सिरहा| दुई सात देखि हराइरहेकी बालिकाको शव बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ।

गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।
गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन् । आज मंलवार फेला परेको शव उनकै रहेको स्थानीयहरुले आशंका गरेका छन ।
शव गुलशना कै हो भनेर अहिले एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जनाएको छ।
स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन।
छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन् ।