0
Shares
काठमाडौं । नेपालका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन् ।
साफको कार्यकारी समितिले कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ ।
अब उनले बंगलादेशका अनवारुल हकको स्थान लिनेछन् । सन् २०१५ देखि सफको महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि उक्त पदक खाली थियो ।
पुरुषोत्तम कट्टेलले अब २०२५ अप्रिल १ देखि लागु हुनेगरी कार्यभार सम्हाल्ने साफले जनाएको छ ।
साफको महासचिवको रुपमा काम गर्नुअघि कट्टेलले एसियाली फुटबल महासंघ (एएफसी) को हेड अफ युनिट अफ साउथ एसियाको भूमिकामा काम गरेका थिए । जहाँ उनले १७ वर्ष कार्य गरेको अनुभव छ ।
कट्टेलसँग फुटबल क्षेत्रमा सुशासनदेखि अन्तर्राष्ट्र सम्बन्ध, प्रतियोगिता विभाग लगायत धेरै क्षेत्रमा का गरेको अनुभव छ ।