हावाहुरीको असरले लुम्बिनी र कर्णालीमा केही सडक अवरुद्ध

0 Shares

काठमाण्डौ –कर्णालीमा गएराति आएको हावाहुरीले रुख ढाल्दा विद्युत् र टेलिफोन सेवा बन्द भएको छ ।

कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र सञ्चालनमा आएको छ । विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन सेवा सञ्चालन गर्न कठिनाइ भएको नेपाल टेलिकमको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हावाहुरीले घरका छाना उडाउनुका साथै रुख ढलाएको छ । यसैबीच वर्षासँगै पहिरो खस्दा रुकुम, कालिकोट र सल्यानमा सडक अवरुद्ध भएको छ ।

सम्बन्धित समाचारसबै