0
Shares
काठमाडौँ- त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।
ललितपुरको च्यासल फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकप्रेरित आर्मीले विभागीय डर्बीमा एपिएफमाथि ६–० को रबाफिलो जित निकाल्यो।
अर्को सेमिफाइनलमा गण्डकीले पेनाल्टी सुटआउटमार्फत त नेपाल पुलिस क्लबलाई हराउँदै आर्मीसँग उपाधि भिडन्त तय गरेको छ। यसअघि महिलातर्फ पनि आर्मी नै अपराजित रहँदै उपाधि विजेता बनेको थियो। यससँगै आर्मीको महिला र पुरुष दुवै टोलीलाई उपाधि जित्ने अवसर मिलेको छ। पहिलो सेमिफाइनलमा काशिराज राईको ह्याट्रिकमा आर्मीले एपिएफलाई ६–० लाई हरायो।