नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बालकृष्ण खाँण संगको सवाल जवाफ

0 Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बालकृष्ण खाँणले बयानका क्रममा जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि नसक्ने बताएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीध प्रेमप्रसाद न्यौपानेको इजलासमा उनले बयान दिएका थिए ।

बयानमा उनले भनेका छन्, ‘म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जतनालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’

इजलासमा खाँणको सवाल जवाफ

सवालः तपाईंको बाबुआमाको नाम, तपाईंंको विवरण, स्थायी ठेगाना कहाँ हो ? कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ ?

जवाफः मेरो बुबाको नाम नोईन्द्र बहादुर खाण, आमाको नाम टोपकुमारी खाण र मेरो नाम बालकृष्ण खाण हो । मेरो उमेर ६२ वर्ष । स्थायी ठेगाना लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका बडा नं. ७ चावहिलमा बस्दछु । मेरो मोबाइल नं. ९८५१०२३५९९ हो । कृषि र समाजसेवा मेरो पेशाव्यवसाय हो ।

सवालः आज अदालतमा किन आउनु भएको हो ?

जवाफः गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म समेत भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध मुद्दामा अभियोग पत्रसाथ बयानको लागि उपस्थित भएको हूँ ।

सवालः तपाईंलाई तपाईं उपर लागेको अभियोग सुनाइन्छ सो अभियोग उपर बयान दिन कर छैन, तपाईंले दिएको बयान तपाईंंको विरुद्धमा प्रमाण लाग्न सक्छ तपाईं बयान दिन तयार हुनुहुन्छ ?

जवाफः म बयान दिन तयार छु । मेरो बयान गरी पाउँ ।

सवालः तपाईंले यो भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ छैन ? खुलाइदिनुहोस्

जवाफः मैले यसभन्दा अगाडि कुनै पनि फौजदारी कसुरमा सजाय पाएको छैन । हाल कुनै पनि विचाराधीन अवस्थामा समेत छैन ।

सवाल : तपाइको शारीरिक तथा मानसिक समस्या छ ? प्रत्रको जवाफ दिन सक्नु हुन्छ तपाईंले कानून व्यवसायी राख्नुभएको छ ?

जवाफः युरिक एसिड, प्रेसर र कोलस्ट्रोलको औषधी नियमित रुपमा गरिरहेको छु । आँखा सम्बन्धी समस्या छ । मलाई सोधिएका प्रश्नको जबाफ दिन तयार छु । कानुन व्यवसायी नियुक्त गरेको छु ।

सवालः प्रतिवादीहरूमध्ये क–कसलाई चिन्नुहुन्छ र निजहरूसँग लेनदेन, रिसइबी झगडा छ छैन ?

जवाफः प्रतिवादीहरूमध्ये म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङ्टावा शेर्पालाई चिन्दछु । टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकाले, टेकनारायण पाण्डे सचिव भएकाले, नरेन्द्र केसी मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आङ्टावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्छु । चिनेका प्रतिवादीहरूध्ये कसैसँग लेनदेन, रिसइबी छैन । अरु प्रतिवादीहरूलाई म चिन्दिनँ । नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन ।

सवालः जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईंको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका पठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने व्यहोराहरू उल्लेख गरी जाहेरी दिएका छन्, सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसूर गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

जवाफः गजेन्द्र बुढाथोकीसमेतका कुनै पनि जाहेरवालालाई म चिन्दिनँ । मैले चिन्दै नचिनेका र कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग कारोबार गरेको भन्ने जाहेरी व्यहोरा झुट्टा हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन । ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोलकल्पित छ ।

सवालः तपाईंलाई सह-प्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङ्टावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढिजाँंची सुनाइन्छ । निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईंको के भनाइ छ ? खुलाइदिनुहोस् ।

जवाफः प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो । कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो । टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान व्यहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रतिवादी नरेन्द्र केसीले अनुसन्धानको विषयमा किन लेखिएको हो, मलाई कुनै जानकारी भएन । प्रतिवादीको व्यहोरासम्बन्धी मलाई कुनै जानकारी छैन ।

सवालः प्रतिवादी आङ्टावा शेर्पाले गर्नुभएको कागज व्यहोरा सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् ।

जवाफः प्रतिवादी आङ्टावा शेर्पाले लेखाउनुभएको कागज व्यहोरा सुनी पाएँ । सोसम्बन्धमा आङ्टावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन । मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङ्टावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुट्टा हो । उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लेखाउनु भयो सो सम्बन्धमा जानकारी भएन ।

सवालः तपाईंले अधिकारप्राप्त अधिकारीसमक्ष गर्नुभएको सबै बयानहरू व्यहोरा पढीबाँची सुनाइन्छ, सो बयानहरूको व्यहोरा तपाईंको हो वा होइन र उक्त बयानहरूमा भएका सहीछापहरू तपाईंका हुन् वा होइनन् ?

जवाफः मैले अनुसन्धान अधिकारीसमक्ष गरेको भनिएको बयान व्यहोरा (नेपाली कागजमा) देखाइएको साँचो हो त्यसमा भएको सहीछापसमेत मेरो हो ।

सवालः अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणि पाठक र फणिन्द्रमणि पोखरेलसमेतका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा सुनाइन्छ, निजहरूको भनाइ व्यहोरा के कसो हो ? खुलाइदिनुहोस् ।

जवाफः बुझिएका व्यक्तिहरू बालकृष्ण पन्थी, सागरमणि पाठक र फणिन्द्रमणि पोखरेलको कागज सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः प्रतिवादी नरेन्द्र केसीको अदालतसमक्ष भएको बयानको सम्बन्धमा तपाईंको भनाइ के छ ?

जवाफ; उक्त कागजहरू कसले कसलाई सम्बोधन गरी लेखेका हुन् त्यसको प्रयोजन के हो ? मलाई थाहा भएन ।

सवालः मिसिल संलग्न रहेको गृह मन्त्रालयको च.नं. ८४० मिति २०६०।०१।२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन र गृह मन्त्रालयको ८४३ मिति २०८० २०५।२६ का पत्रसाथ प्राप्त प्रतिवेदनलाई तपाईंलाई देखाइन्छ, दुई प्रतिवेदन एकै व्यहोराका हुन् वा फरक हुन् ? के कसो हो खुलाइदिनुहोस् ।

जवाफः गृहमन्त्रालयबाट एउटै मितिमा फरक–फरक चलानीमा प्राप्त भएको उक्त प्रतिवेदनहरू हेरी पाएँ । प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्न सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः तपाईंलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ, जाहेरी सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् ।

जवाफः प्रेमराज पन्थीलाई म चिन्दिनँ, केशव दुलाललाई समेत म चिन्दिनँ । उनीहरूको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो सो कुरा मलाई जानकारी हुने विषय नै भएन । यसमा म संलग्न छैन । सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०५०।०१।२४ सागरेको काज सुनाइन्छ के कसो ? दाहालले गरेको कागज व्यहोरा के कसो हो ? खुलाइदिनुहोस् ।

जवाफः अनुसन्धानका क्रममा नासु सुरेन्द्रराज दाहालले गरेको कागज व्यहोरा सुनि पाएँ । दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनु पनि भनेको छैन । कर्मचारी कर्मचारी संख्या सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको स्पष्ट नीति छ । विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा मन्त्री स्तरबाट हुन्छ । तत् मातहत कर्मचारीहरूको सरुवा विभिन्न तहहरूबाट हुन्छ । तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरे गराएको होइन । उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन ।

सवालः गृह मन्त्रालयको च.नं.८४३ मिति २०८०।०५।२६को पत्रसाथ प्राप्त प्रतिवेदनमा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ १३ को क.नं. (क.अ.) नं. १४ को ग नं.को दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६.३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को अन्तमा निष्कर्ष व्यहोरा फेरबदल भएको प्रतिवेदन गृहमन्त्रालयको चनं ८४५ मिति २०८०। ०१ । २६को पत्रसाथ प्राप्त भएको देखिन्छ । ती दुई प्रतिवेदहरूमध्ये कुन प्रतिवेदन आधिकारिक हो ? खुलाइदिनुहोस् ।

जवाफः प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । तसर्थ, प्रतिवेदनमा फेरबदल भएका बुदाँहरूको सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपने हा । परिवर्तन सम्बन्धमा मलाई थाहा हुने कुरा भएन ।

सवाल ;तपाईंको मोवाइल परीक्षणबाट उक्त मोबाइल फर्म्याट भएको भन्ने देखिन्छ । तपाईंले प्रस्तुत मुद्दासँग प्रमाण लाग्ने तथ्यहरू मोबाइलबाट हटाउनको लागि मोबाइल फर्म्याट गर्नुभएको त होइन ? के कसो हो ?

जवाफः यस सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रमाण मेटाउने कुनै कार्य गरेको छैन ।

सवालः काठमाडाैं जिल्ला, काठमाडाैं महानगरपालिका वडा नं. ७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाँणको कोठा खानतलासी गर्दा कोठामा खैरो रंगको नोटबुक भाग–१, कालो रंगको डायरी थान–३, क्ष्उबम थान– २, सम्पत्ति विवरण फारम पाना–३८ च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्र जी समेत लेखिएको भनी लेखिएको कागज टुका पारिएको कागज फेला परेको भन्ने समेत व्यहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ, सो बरामदी मुचुल्कालको व्यहोरा के कसो हो ? खुलाइदिनुहोस् ।

जवाफः खैरो रंगको नोटबुक थान–१ कालो रंगको डायरी गान–३, आइप्याड थान–२, सम्पत्ति विवरण फारम पाना–३८. बरामद भएको साँचो हो । च्यातिएको कागज टुका सम्बन्धमा मलाई कुनै जानकारी भएन ।

सवालः तपाईंलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईंले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनु भएको भन्ने व्यहोराको लिखत मिसिलसमेत रहेको देखिन्छ ? सो सम्बन्धमा तपाईंको भनाइ के छ ?

जवाफः यसबारेमा मैले कसैलाई केही भनेको छैन ।

सवालः तपाईं उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्र्तगतको कसुरमा र सोही संहिताको दफा २४९ का उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४को ५९ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसुरमा दोही संहिताको दफा ५ को उपदफा (४) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा(१)(२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (१) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४२ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग मागदावी लिएको र जाहेरवालाको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकम समेत तपाईं समेतबाट दिलाई भराई दिन समेतको अभियोग मागदाबी लिएको अभियोग छ । सो अभियोगको मागदाबी बमोजिम तपाईंर्ला सजाँय हुनुपर्ने हो होइन ? जाहेरवालाहरूको रमक तपाईं समेतले फिmर्ता दिनुपर्ने हो वा होइन ? सम्पूर्ण व्यहोरा खुलाइदिनुहोस् ।

जवाफ ; मैले र उपर दायर भएका अभियोग मागदाबी सुनी पाएँ । म विरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरू कपोलकल्पित र झुट्टा हुन् । मेरो राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचिएको षड्यन्त्र हो । माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्य विरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ । यो सरासर स्वच्छ सुनुवाई र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । मलाई फसाउने उद्देश्यते यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । त्यस सम्बन्धमा मैले न्यायमूर्तिसंग न्यायको याचना गर्दछु । उच्च कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ । सफाई पाउँ ।

सवालः तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस् ।

जवाफः मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरो आमा गरी पाँच जनाको सदस्य छौं । बुटवलमा एउटा घर छ सो घरबाट घरभाडा आउँछ जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ ।

सवालः तपाईंको साझी प्रमाण केही छ की खुलाइदिनुहोस् ।

जवाफः मेरो निम्न साक्षीप्रमाण बुझी पाउँ ।
क) चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ६१ को दीर्घमान श्रेष्ठ
(ख) काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ३० बस्ने अन्दाजी वर्ष ५९ को राधा घले
(ग) दोलखा जिल्ला, भिमेश्वर नगरपालिका बडा नं. २ बस्ने अन्दाजी वर्ष ४६ को अनुप प्रधान..

सवालः तपाईंको भन्नुपर्ने केही बाँकी छ ?

जवाफः म पहाड स्याङजामा जन्मिएको र मधेशको रुपन्देहीमा हुर्किएको नागरिक हुँ । विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिवद्ध प्रान्त र जनाधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि गरेको व्यक्ति हुँ । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता राष्ट्रहित र राज्य विरुद्ध सोध्न पनि सक्दिन, म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनता प्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिवद्धताले उठेको मान्छे हुँ । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुणदलको केन्द्रीय सभापतिको जिम्मेवारी सम्हालेको हुँ ।

म २०४८ सालमा प्रतिनिधि सभाको सदस्य, २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाले मौका पाएँ । मैले चौथोपटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको विभिन्न कारण नियमित सेवन गरिरहे पनि राज्यवाट उपचार खर्चसमेत लिएको छैन । म धार्मिक प्रवृतिको व्यक्ति हुँ । जतनालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने बारे सोच्न पनि सक्दिन ।

सवाल ; माथि उल्लेखित व्यहोरा बढीवाची सुनाइन्छ । व्यहोरा कस्तो भयो ? खुलाइ दिनुहोस् ।

जवाफः माथि लेखिएका सबै व्यहोरा मैले भने बमोजिम लेखिएको हो भनी सही गर्ने, प्रतिवादी बालकृष्ण खाँण ।

 

सम्बन्धित समाचारसबै