‘ऊनको स्वीटर’ले दोस्रो सप्ताहन्तसम्म कति कमायो ?

0 Shares

फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । प्रदर्शनको दोस्रो शनिबार (९ दिनसम्म) फिल्मले देशब्यापी ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।

दोस्रो सप्ताहन्तमा मात्र फिल्मले ८० लाख रुपैयाँ कमाउन सक्यो । अघिल्लो साता फिल्मले ४ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको यो फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचारसबै