0
Shares
शोकमा रहेको परिवारसंग अखिल नेपाल यातयात मजदुर संघ। अखिल नेपाल यातायात मजदुर संघ ,मोरंगले सेवाको क्षेत्रमा प्रभावकारी कार्य गरिरहेको छ।
बिराटनगर एवम आसपासको पालिकामा मलामी तथा शव घाटसम्म पुराउनका निम्ति निशुल्क बस साथै शववाहनको ब्यवस्था गरेको छ। हालसम्म ६० भन्दा बढि परिवारको निम्ति सेवा पुराईसकेको अखिल नेपाल यातायात मजदुर संघ, मोरगंका अध्यक्ष एवं शववाहनमा निशुल्क चालकको सेवा समेत दिईरहेका रबि ठकुरीले बताए।
साथै अखिल नेपाल यातायात मजदुर संघले आपत्कालीन एम्बुलेंस पनि संचालनमा ल्याएको छ। ” राजनीति भन्दा माथि रहेर विशुध्द सेवामुलक कार्य गर्दै आएको”। अखिल नेपाल यातायात मजदूर संघ मोरंग का अध्यक्ष रबी ठकुरी बताउंछन्।
अखिल नेपाल यातायात मजदुर संघले यस अभियानलाई निरंतरता दिने प्रदेश अध्यक्ष गोपाल लिम्बुले बताए।