पत्रकार आदित्य द्वारा २५ जना बिद्यार्थीहरुलाई पढने साम्रगी वितरण

0 Shares

रुपनिमा आज पत्रकार आदित्यले आफ्नो कमाइको ५० प्रतिशत रुपैया बराबरको पढने साम्रगी खरिद गरि बिद्यार्थीहरुलाई हस्तान्तरण गरेको छ।

पब्लिक खबर २४ नामक न्युज च्यानल चलाउदै आएका पत्रकार आदित्य अजय बिगत लामो समय देखि संचार क्षेत्रमा लागि गरिब निमुखा जनताहरुको आवाज बनि साथै समय मिल्ने बित्तिकै समाजसेवामा होमिरहने आदित्य आज पनि आफुले कमाएको रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन्।

भथौल रुपनिमा रहेको श्री आधारभुत बिधालय छ्पकी ४ मा हाजिरी जबाफ प्रतियोगिता गराई २५ जना बिद्यार्थीलाई पढने सामग्री जस्तै , स्पिडि ग्रामर, स्टेप बाइ स्टेप, नेपालि ग्रामर, डिक्सेनरि , कापी पेन लगायत बिद्यार्थीहरुलाई पठन पाठनमा सहज वातावरण सिर्जना होस् भन्ने उद्देस्यका उक्त स्सामग्रिहरु हस्तान्तरण गरिएको पत्रकार आदित्यले जानकारी दिए। साथै उनले भने अब ऊपर्युक्त हरेक वर्ष वा महिनामा कमाई को 50% बिद्यार्थी ,गरीब ,बिपन्न परीबार ,अपाङ्ग ,अशक्त ब्यक्ती लाई हस्तान्तरण गरिरहने प्रतिवद्दता समेत जनाए।

कार्यक्रम मा आधारभुत बिधालयका प्रध्यानाध्यापक बालकुशुन यादब , शिक्षक शयाम यादब ,बैजु यादब र सिक्षिका मालती ,गुलाब,सरिता पन्डित लगायत आधारभुत बिधालय को सम्पूर्ण शिक्षक सिक्षिका उपस्थितिमा उक्त कार्यक्रम समापन भएको हो।

सम्बन्धित समाचारसबै