0
Shares
काठमाडौँ । डिभिजन वन कार्यालय, काठमाडौँले धोबीखोला सरसफाइ गरिरहेको छ ।
मनसुन लागेसँगै खोलामा पानीको बहाव बढ्ने र फोहरहरू अड्किन सक्ने भएकाले डिभिजन वन कार्यालयले सरसफाइको काम अघि बढाएको हो ।
१५ दिन अघि सेतोपुलबाट सरसफाइ सुरु गरेको थियो । यो सरसफाइ अन्तर्गत धोबीखोलामा उम्रिएका झार र बुट्यानहरू उखालेर सफाइ गर्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

