क्यान्सर पिडित सुमनको उपचारको लागि सहयोगको अपिल ।

0 Shares

बिराटनगर । क्यान्सर पिडित बिराटनगर महानगरपालिका ६ ब्रहमपुरा निवासी सुमन कामतले आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ । क्यान्सर रोगसँग जिवन मरणको संघर्ष गरिरहनु भएको कामतले उपचारको लागि आर्थिक सहयोगको अपिल गर्नु भएको हो ।

क्यान्सर रोगको उपचार निक्कै खर्चिलो हुने र आफ्नो परिवारको आर्थिक अबस्था कम्जोर भएकोले जिवन बचाईदिन याचना गर्नु भएको हो । सुमनको घरमा उहाँ एक्लै काम गरेर परिवारको जिविकोपार्ज गरिरहनु भएको थियो । आफुलाई निक्कै ठूलो रोग लागेपछि हाल सम्म कमाएको र भएको पैत्रिक सम्पत्तिबाट उपचार गराएर अब नसक्ने भए पछि मेरो जिवन बचाईदिन सहयोगको याचना गरेको छ । बिरामीका अनुसार ६ महिना पहिले आमा पनि क्यानसर राेगबाट पिडित शुनुहुन्थयाे , हामीले जसाेतासाे गरेर भएपनि आमाकाे उपचार गरे ।

अहिले सुमनको उपचार बिराटनगरकाे काेशी अंचल अस्पतालमा भई रहेको छ । सुमनको जिवन रक्षका लागि समाजसेवीतथा क्रिकेटर बैजनाथ चाेधरीले सहयोग अभियान सञ्चालनगरिरहनु भएको छ । हाल सम्म २० हजार रुपैयाँ सहयोग संकलन भएको समाजसेवी चाैधरीले जानकारी दिनुभयो ।

समाजसेवी चाैधरीले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेपछि उहाँको सुमनकै खातामा सहयोग रकम प्राप्त भएको र केहि सहयोगहरुले नगद नै उपलब्ध गराएको उहाँले बताउनुभयो ।

क्यान्सर पिडित सुमनको २२ वर्ष रहेको । सुमनको बारेमा बुझ्न चाहने महानुभावले उहाँको मोवाईल नम्बार ९८११०३२८१४ मा सम्पर्क गर्न सक्नु हुने छ । सहयोग गर्न चाहाने महानुभावले उहाँको इसेवामा ९८११०३२८१४ रकम जम्मा गरिदिनु सक्नु हुने छ वा समाजसेवी बैजनाथ चाैधरीको सामाजिक सञ्जाल फेसवुकमा रहेको उहाँको क्युआरकोडमा पनि रकम जम्मा गरिदिनु सक्नु हुने छ । निम्नवर्गीय परिवारका सुमनको उपचारको लागि सम्पूर्ण सहयोगीमनहरुले सकेको सहयोग गरिदिनु अनुरोध छ ।

सम्बन्धित समाचारसबै