गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा : २० प्रतिशतभन्दा कम मत पाए सरकारमा नजाने, भातृ संगठन नबनाउने

0 Shares

३० असोज, काठमाडौं । व्यवासायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिले खोलेको नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने अवधारणा अघि सारेको छ । २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सामेल नहुने पार्टीको अवधारणा छ ।

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने यसको अवरधाणा छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको यो दलम लोकतान्त्रिक मूल्य मान्यता अपनाउने उल्लेख गरेको छ ।

पार्टीको मूल संरचना र संगठनात्मक स्वरुप यसप्रकार हुनेछ

-पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने ।

-पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोर्‍ह वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने ।

-पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने ।

– सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने ।

-पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने ।

– निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने ।

_ देशको सबै भुगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहनेछन् ।

– यसैगरी पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने ।

यसले राजनीतिलाई पूर्णकालिन पेशामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिने पार्टीको अवधारणा छ ।

‘हामीले आश्रय र आश्रित राजनीतिलाई वर्जित गरेका छौं । त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन । हाम्रो पूर्णकालिन कार्यकर्ता पनि हुनेछैन’ पार्टीले भनेको छ,’२० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौं ।’

पार्टीको हिसाब-किताब

पार्टी आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनताहरु हुने उल्लेख छ । उनीहरुबाट प्राप्त रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा गर्ने पार्टीको हरहिसाबमा पूर्ण पारदर्शिता अपनाउने उल्लेख छ ।

आर्थिक अवधारणा यस्तो छ :

-पार्टीलाई प्राप्त सहयोग रकम वेबसाइटमा प्रकाशित गरिनेछ ।

-वार्षिक बजेट बिनियोजन अनुसार खर्च विवरण पनि वेबसाइटमा राखिनेछ ।

-आधिकारिक लेखा परीक्षकबाट त्रैमासिक एवं वार्षिक हरहिसाब एवं वासलात तयार गरि सबैले हेर्न मिल्नेगरि पार्टीको वेबसाइटमा राखिनेछ ।

सम्बन्धित समाचारसबै