मुस्लिम समुदायका बालकहरुको परम्परागत सुन्नत (खतना) को लागि बिराटनगरस्थित लाइफ गार्ड अस्पतालले आकर्षक स्वास्थ्य सेवा प्याकेज ल्याएको छ ।
सिमित अवधिका लागि लाइफ गार्ड अस्पताललले जम्मा ५ हजार ५ सय शुल्कमा प्याकेज मार्फत सुरक्षित, सफा लिंग छेदन (खतना ) सेवा प्रदान गर्ने बिशेष प्याकेज ल्याएका हो ।
विशेषज्ञ अनुभवी कन्सल्ट्यान्ट युरोलोजिस्ट, एन्डो(युरोलोजिस्ट, एन्ड्रोलोजिस्ट र मिनिमल इन्भेसिभ तथा ल्याप्रोस्कोपिक सर्जन डा इकबाल अहमको टोलीले बिशेष खतना सेवा प्रदान गर्नेछ ।
अस्पतालले बालक र वयस्क पुरुषहरूका लागि पनि परम्परागत र लेजर दुवै प्रविधिबाट धार्मिक मान्यतालाई सम्मान गर्दे खतना सेवा प्रदान गर्ने व्यवस्था मिलाएको लाईफगार्ड अस्पताल प्रसाशनले जनाएको छ ।
खतना (लिंग छेदन) सेवालाई चिकित्सा विज्ञानले पनि स्वास्थ्यका दृष्टिले फाइदाजनक मानेको छ । जसले सफाइमा सहजता, यौनाङ्गको सरसफाइ गर्न सहज हुनेभएकोले संक्रमणको जोखिम कम गराउने चिकित्सकहरु वताउँछन ।खतनाको प्याकेज सिमित अवधिका लागि मात्र उपलब्ध हुने अस्पताले जनाएको छ ।
विराटनगरको वरगवाछी स्थित लाइफ गार्ड अस्पतालको तँपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्ने प्रतिबद्धताले अन्य गुणस्तरीय उपचार सेवाहरु पनि प्रदान गर्दै आएको छ ।