प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

0 Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ। साथै आगामी निर्वाचनसँग सम्बन्धित तयारी, सुरक्षा व्यवस्था, आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरूबारे समेत बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय लिइने तयारी रहेको छ। बैठकपछि निर्वाचन तयारी तथा अन्य समसामयिक विषयमा सरकारका आगामी कदमबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै