0
Shares
१३ माघ, काठमाडौं । सुनको भाउ लगातार नयाँ रेकर्ड कायम गर्दै बढिरहेको छ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन सोमबार सुनको भाउ ३ लाख ९ हजार रुपैयाँ थियो भने आइतबारको तुलनामा सोमबार ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको भाउ ६ हजार ७ सय ६५ रुपैयाँ र आइतबार ६ हजार ४ सय ८० रुपैयाँ थियो ।