0
Shares
सिरहा | गोलबजारमा अस्पतालबाट किशोरीको शव हराएपछि तनाव, आफन्त र स्थानीयले प्रदर्शन
सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालबाट हराएपछि मंगलबार आक्रोशित आफन्त र स्थानीयले सडकमा प्रदर्शन गरेका छन्। माघ १० गते आफ्नै घरमा मृत फेला परेकी निशालाई पोष्टमार्टमका लागि लहान पठाइए पनि उनका परिवारले सोमबार अस्पताल पुग्दा शव फेला पारेनन्।
स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम पनि नगरी शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए र दोषीमाथि कडा कारबाहीको माग गरे। वडाध्यक्ष धनप्रसाद लामाले शव बिहान १० बजेसम्म उपलब्ध नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। घटनाले स्थानीय स्तरमा ठूलो आक्रोश र त्रास सिर्जना गरेको छ।