मोरङ – ४ मा अमन लाल मोदीको कार्यकाल: विकास र जनसेवाको लोभलाग्दो उदाहरण

0 Shares

मोरङ क्षेत्र नम्बर ४ का निवर्तमान सांसद एवं प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अमन लाल मोदीको पाँच वर्षे कार्यकाल पूर्वाधार विकास र सामाजिक सेवाका दृष्टिकोणले सफल देखिएको छ। आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि मोदीले अघि सारेका योजनाहरूले अहिले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउन थालेका छन्।

मोदीको कार्यकालमा सबैभन्दा उल्लेख्य काम आवास क्षेत्रमा भएको छ। ‘खरको छानो विस्थापित’ गर्ने अभियान अन्तर्गत : ग्रामथान-७ का ८० भूमिहीन परिवारका लागि नयाँ पक्की घर निर्माण।
विभिन्न वडाका १,१०३ परिवारको परालको छानो हटाई जस्तापाता (टिन) को छानो लगाइएको।

पूर्वाधारतर्फ मोतीपुर-बेलबारी सडक र बाहुनी-कटहरी बजार जोड्ने सडक कालोपत्रे हुनुका साथै लोहन्द्रा र खरबन्ना खोलामा पक्की पुल तथा तटबन्धन निर्माण भएका छन्। यसले स्थानीय यातायात र कृषि उब्जनीलाई बजारसम्म पुर्‍याउन सहज बनाएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार्न मोदीले भौतिक पूर्वाधार र प्रविधिमा जोड दिएका छन्। पोखरिया माध्यमिक विद्यालय, श्रीदेवी माध्यमिक विद्यालय र धनपालथानका विद्यालयहरूमा भवन निर्माण, कम्प्युटर ल्याब र छात्रावास स्थापना।
कोरोना महामारीका बेला कोसी कोभिड अस्पतालका लागि बजेट विनियोजन र विपन्नलाई राहत वितरण। लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कनेदेखि सामुदायिक भवन निर्माणसम्मका कार्य मोदिकै पहल मा भएका छन् ।

कृषकका समस्या सम्बोधन गर्न सिँचाइ सुधार, मल-बिउको सहज उपलब्धता र स्थानीय कृषि बजारको व्यवस्थापनमा मोदीले विशेष पहल गरेका छन्। यसका साथै विद्युतीकरण र नाला निर्माणले क्षेत्रको आधारभूत स्वरूपमा सुधार ल्याएको छ।

मोदीले भने :- म सांसद हुँदा कहिल्यै पदको दम्भ राखिनँ, सधैं जनताकै बीचमा रहेर उहाँहरूको सुख-दुःख बुझ्ने प्रयास गरेँ संसदमा पनि मैले यस क्षेत्रका समस्यालाई प्रखर रूपमा उठाएको छु।

पाँच वर्षमा अर्बौं रुपैयाँ बराबरका दीर्घकालीन योजनाहरू सुरु भएका छन्। धार्मिक तथा सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय मोदी आफूलाई एक सरल र सहज जनमुखी नेताका रूपमा स्थापित गर्न सफल भएका छन्। अधुरा रहेका विकासका आयोजनाहरू पूरा गर्दै क्षेत्रको पूर्ण समृद्धिका लागि आफूले पुन: उम्मेदवारी दिएको मोदीले बताएका छन् ।

 

सम्बन्धित समाचारसबै