अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट कार्यान्वयनमा सर्वोच्चको रोक

0 Shares

काठमाडौं। सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य गर्ने यातायात व्यवस्था विभागको सूचनामाथि रोक लगाएको छ।

माघ २४ सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले विभागको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। यसअघि, ०८२ साल भदौ ३ गते विभागले इम्बोड नम्बर प्लेट जडान अनिवार्य गर्ने सूचना प्रकाशित गरेको थियो। तत्कालीन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको नेतृत्वमा बसेको निर्णयअनुसार यो प्रक्रिया लागू गर्ने तयारी भइरहेको थियो।

अधिवक्ता रामबहादुर राउतले यस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, “सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिकमन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरिएको छ।” अन्तरिम आदेश जारी भएपछि अहिलेको अवस्थामा सवारीसाधनमा अंग्रेजी इम्बोड नम्बर प्लेट अनिवार्य रूपमा लागू हुँदैन।

सम्बन्धित समाचारसबै