काठमाडौँको हावा फेरि विषालु, विश्वकै प्रदूषित सहरमा चौथो स्थान

0 Shares

काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण फेरि चिन्ताजनक स्तरमा पुगेको छ। बिहीबार बिहान काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा परेको छ।

आईक्यू एयरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहान १० बजेसम्म काठमाडौँको वायु गुणस्तर ‘अस्वस्थ’ श्रेणीमा रहेको छ। यस समयमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स१८८ मापन गरिएको छ। हावामा रहेको पीएम २.५ कणको मात्रा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको सुरक्षित मापदण्डभन्दा करिब २१.७ गुणा बढी रहेको जनाइएको छ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका पहिलो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर दोस्रो र अफगानिस्तानको काबुल तेस्रो स्थानमा छन्। काठमाडौँपछि भारतको राजधानी नयाँ दिल्ली पाँचौँ स्थानमा रहेको आईक्यू एयरको विवरणमा उल्लेख छ।

बढ्दो वायु प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ।

सम्बन्धित समाचारसबै