मोरङ प्रहरीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण बनाउन सर्वसाधारणलाई अपिल

0 Shares

विराटनगर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, मर्यादित तथा सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय, मोरङले सर्वसाधारणमा विशेष अपिल गरेको छ।

प्रहरी नायव उपरीक्षक हरी नन्दन चौधरीका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।। प्रहरीले समुदाय र प्रहरी बिच साझेदारी अवधारणा अन्तर्गत सबै पक्षलाई जिम्मेवार र सजग रहन आग्रह गर्दै सुचना जारिगरिएको चौधरीले बताएका छन् ।

प्रहरीले जारी गरेको सूचनामा कुनै पनि प्रकारका अवैध हतियार, विस्फोटक पदार्थ वा शंकास्पद गतिविधिबारे तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ। त्यस्तै भेला, जुलुस वा प्रदर्शन गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने, इजाजत प्राप्त हतियार तोकिएको समयभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

फरार अभियुक्त, शंकास्पद व्यक्ति वा आपराधिक गतिविधिसम्बन्धी सूचना पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न, अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न तथा सामाजिक सञ्जालमा उत्तेजक सामग्री लाइक, सेयर वा टिप्पणी नगर्न पनि चौधरीलेले आग्रह गरेका छन् ।
निर्वाचन अवधिमा हतियार, लाठी, ढुंगा वा खतरनाक वस्तु बोकेर हिँडडुल नगर्न र कुनै समस्या परेमा नजिकको प्रहरीलाई तुरुन्त खबर गर्न चौधरीले अनुरोध गर्दै, “शान्तिपूर्ण निर्वाचन, हाम्रो सबैको जिम्मेवारी” भन्ने सन्देशसहित प्रहरीले सुरक्षित र भयरहित वातावरण निर्माणमा सहयोग गर्न सम्पूर्ण नागरिकलाई जिल्ला प्रहरी कार्यालय, मोरङले आह्वान गरेको बताए ।

सम्बन्धित समाचारसबै