ट्रम्प निवास मार आ लागोमा सुरक्षा कारबाही, सशस्त्र घुसपैठ प्रयासमा एक जनाको मृत्यु

0 Shares

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास परिसरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेपछि मृत्यु भएको छ। घटना हुँदा ट्रम्प वासिङ्टन डीसीमा रहेका थिए।

घटना ट्रम्पको निवास रहेको मार आ लागो परिसरमा भएको हो, जहाँ सधैं बहुस्तरीय सुरक्षा व्यवस्था लागू हुन्छ। बाहिरी सुरक्षा घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्ने गर्छ भने भित्री सुरक्षाको जिम्मा संयुक्त राज्य सिक्रेट सर्भिसले लिने गर्दछ। परिसरमा प्रवेश गर्ने व्यक्तिहरूको कडा जाँच गरिन्छ भने सवारीसाधन र झोलाहरू धातु परीक्षण उपकरण तथा तालिमप्राप्त कुकुरमार्फत जाँच गरिन्छ।

यति कडा सुरक्षाबीच पनि संदिग्ध व्यक्ति भित्री क्षेत्रमा कसरी प्रवेश गरे भन्नेबारे स्पष्ट हुन सकेको छैन। मृत व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार ती व्यक्तिलाई रोक्न पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारी तथा सिक्रेट सर्भिसका एजेन्टहरूले प्रयास गरेका थिए। सुरक्षाकर्मीले उनलाई हतियार छोड्न आदेश दिएका थिए। उनले पेट्रोलको डिब्बा भुईँमा राखे पनि बन्दुक चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

 

सम्बन्धित समाचारसबै