काठमाडौँ – अमेरिकाको भर्जिनिया अन्तर्गत फेयरफ्याक्स काउन्टी मा आफ्नै परिवारका सदस्यको हत्या गरेको आरोप लागेका एक नेपाली नागरिक प्रहरी कारबाहीमा मारिएका छन्।
मान्टुआ क्षेत्र नजिकको अपार्टमेन्टभित्र ५० वर्षीय छत्रबहादुर थापाले श्रीमती ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेको जनाइएको छ। घटनाबारे नेपयोर्क डट कमले समाचार प्रकाशित गरेको हो।
प्रहरी घटनास्थलमा पुग्दा थापा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमारमाथि आक्रमण गरिरहेको अवस्थामा भेटिएका थिए। हातमा रहेको हतियार छोड्न पटक पटक चेतावनी दिइए पनि उनले मान्न नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए, जसबाट थापाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनास्थलमा एक बालक पनि भेटिएका थिए। उनी सकुशल रहेको र बाल संरक्षण सेवाको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।