0
Shares
काठमाडौं । चुनाव नजिकिँदै गर्दा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले आयात बढाएको जनाएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट का अनुसार, भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भइरहेको छ। भट्टले जानकारी दिनुभयो कि हिजो यस वर्षकै सबैभन्दा धेरै, एकै दिन १३८ बुलेट ग्यास लोड गरिएको छ।
हाल उपभोक्ताबीच ग्यास सहज पाउन नसकेको गुनासो छ। तर निगमले भनेको छ कि बाहिर देखिएको जस्तो अभाव वा समस्या छैन र चुनाव अवधिमा पनि ग्यास आपूर्ति नियमित नै हुने दाबी गरिएको छ।
निगमले उपभोक्तालाई विश्वास दिलाउँदै बजारमा आवश्यक परिमाणमा ग्यास उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको जनाएको छ।