काठमाडौं । पाकिस्तान र अफगान तालिवानबीच बढ्दो तनावका बीच सीमावर्ती क्षेत्रमा भएको झडपपछि दुवै पक्षले एक–अर्कालाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीका अनुसार पाकिस्तानी सेनाले अफगान तालिवानका २७ सैन्य चौकी ध्वस्त पारेको छ भने नौ चौकी नियन्त्रणमा लिएको छ। उनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै ८० भन्दा बढी ट्यांक, तोप र बख्तरबन्द सवारी साधन नष्ट गरिएको दाबी गरेका छन्।
जैदीका अनुसार आक्रमणमा तालिवानका १३३ लडाकु मारिएका र २०० भन्दा बढी घाइते भएका छन्। उनले बिहान ३:४५ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै पाकिस्तानले “आक्रामकताविरुद्ध तत्काल र प्रभावकारी प्रतिक्रिया” जारी राखेको बताएका छन्।
यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरुद्ध ‘खुला युद्ध’ घोषणा गरेका थिए।
उता अफगान तालिवानको रक्षा मन्त्रालयले भने बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र अन्य दुई स्थान कब्जा गरिएको दाबी गरेको छ। तालिवान पक्षका अनुसार झडपमा ५५ पाकिस्तानी सैनिक मारिएका छन्।
स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन। BBC Hindiका अनुसार झडपका क्रममा दुवै पक्षले एक–अर्कालाई ठूलो क्षति पुर्याएको दाबी गर्दै आएका छन्।