बिराटनगर। स्वास्थ्य सेवामा उत्कृष्टता थप्दै बिराटनगरस्थित लाइफगार्ड हस्पिटलले आफ्नो न्युरो सर्जरी विभागलाई थप मजबुत बनाएको छ। विगत १५ वर्षदेखि चिकित्सा क्षेत्रमा निरन्तर समर्पित, अनुभवी एवं कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर माधव देव अब लाइफगार्ड हस्पिटलमा पूर्णकालीन रूपमा सेवा दिएन भएका छन्।
डा. माधव देव पाकिस्तानबाट MBBS/MS को उच्च शिक्षा हासिल गरेका हुन्। १५ वर्ष लामो क्लिनिकल अनुभव र उच्च शैक्षिक योग्यताले बिराटनगर र आसपासका बिरामीहरूका लागि भरपर्दो भरोसा प्रदान बिस्वास लिइएको छ।
डा. देवको नेतृत्वमा अब लाइफगार्ड हस्पिटलमा एकै छानामुनि ब्रेन ट्युमर (Brain Tumor) , स्पाइन (मेरुदण्ड) , टाउकोमा रगत जमेको (Head Injury) र न्युरो सम्बन्धी आकस्मिक उपचारहरु उपलब्ध हुनुका साथै स्नायु प्रणालीसँग सम्बन्धित अन्य सम्पूर्ण शल्यक्रियाहरू हुने भएका छन् ।
त्यस्तै लाइफगार्ड हस्पिटलमा न्युरो सर्जरी मात्र नभई जनरल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाल रोग, र युरो सर्जरी जस्ता सेवाहरू पनि सस्तो र सुलभ दरमा उपलब्ध छन्। ICU, NICU, PICU र भेन्टिलेटरको सुविधाका साथै दुरबीन प्रविधिद्वारा गरिने अत्याधुनिक शल्यक्रियाले बिरामीको छिटो निको हुने सुनिश्चितता गर्दछ।