होर्मुज आक्रमणमा परेका थाई चालक दलका २० जना सुरक्षित, ३ अझै बेपत्ता

0 Shares

काठमाडौँ। होर्मुजमा आक्रमणमा परेको कार्गो जहाजका २० जना थाई चालक दलका सदस्य सोमबार थाइल्यान्ड पुगेका छन्। उक्त आक्रमणमा अन्य तीन सहकर्मीहरू अझै बेपत्ता रहेको जहाज कम्पनीले जनाएको छ।

थाई जहाज मयुरी नरीको मालिक प्रिसियस सिपिङ पब्लिक कम्पनी लिमिटेडले विज्ञप्तिमार्फत् आफ्ना वरिष्ठ अधिकारीहरूले सुवर्ण भूमि विमानस्थलमा चालक दलका सदस्यहरूलाई स्वागत गरेको उल्लेख गर्दै उनीहरूको सहज फिर्तीका लागि सम्बन्धित अधिकारीहरूसँग आवश्यक समन्वय गरेको जानकारी दिएको छ।

साथै कम्पनीले आफ्नो सर्वोच्च प्राथमिकताका रूपमा बेपत्ता भएका तीन जना चालक दलका सदस्यहरू पत्ता लगाउने निरन्तर प्रयास भईरहेको पुष्टि गरेको छ।

थाई विदेश मन्त्री सिहासाक फुआंगकेटले आइतबार आफ्ना इरानी समकक्षीसँग टेलिफोन संवादमार्फत जहाजमा आक्रमण हुँदा बेपत्ता भएका थाई चालक दलका सदस्यहरूको खोजी र उद्धार कार्यमा इरानी पक्षको सहयोगको माग गरेका थिए।

उनीहरूले होर्मुजको जल क्षेत्र हुँदै थाई मालवाहक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको जनाइएको छ।

सम्बन्धित समाचारसबै