धार्मिक उन्माद फैलाउनेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र -BHITRAKOKHABAR-

0 Shares

देशका ठूला ५ राजनीतिक दलसँग आवद्ध मुस्लिम संघ संगठनले जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत संघीय गृहमन्त्रीलाई आइतबार संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
विगत केहि समयदेखि धार्मिक सद्भाव विथोल्ने कार्यमा कतिपय व्यक्ति र अतिवादी संस्था सक्रिय रहँदै विशेषगरी इस्लाम धर्म विरूद्ध अनादर र अनास्था फैलाउने कार्य भइरहेकोले त्यस्तो कार्य रोक्न संघीय गृहमन्त्री रवि लामिछानेलाई ४ बुँदै ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेस आवद्ध नेपाल मुस्लिम संघ मोरङकातर्फबाट अध्यक्ष आजाद आलम, सचिव बदरूद्दीन मियाँ, नेकपा एमाले आवद्ध नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङकातर्फबाट अध्यक्ष मुहम्मद मुस्तफा, सचिव मुहम्मद अनिस आलम, नेकपा माओवादी केन्द्र आवद्ध मुस्लिम मुक्ति मोर्चा, मोरङकातर्फबाट अध्यक्ष मोहम्मद आजम, सचिवमुहम्मद रेहान, नेकपा एकीकृत समाजवादीमा आवद्ध मुस्लिम इत्तेहाद संगठन नेपालकातर्फबाट अध्यक्ष मुहम्मद कलिमुद्दीन, सचिव हजिबुल अलि र जनता समाजवादी नेपाल आवद्ध समाजवादी मुस्लिम संघकोतर्फबाट संयोजक सदिना खातुनले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाएपछि,देशका ठूला ५ राजनीतिक दलहरु एक साथ् जिल्ला प्रशासन कार्यालय मोरङको अगाडि फोटो क्लिक गरे

ज्ञापन पत्रमा २५० वर्षको राजतन्त्रमा समेत मुस्लिम निरिह नदेखिएको तर गणतन्त्र स्थापना पश्चात विभिन्न धार्मिक उन्माद फैलिएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ,‘ धार्मिक उन्माद फैलाउनेमध्ये एक हुन कमल नारायण दास । यिनले चैत २८ गते फेसबुक मार्फत अल्लाहका अन्तिम दुत मुहम्म्द सल्लाल्लाहू अलैहीवसल्लम र वहाँकी छोरीलाई हदैसम्मको अपमान गर्ने गरी भ्रामक, अतिरञ्जित, अति निक्रिष्ट अभिव्यक्ति दिई नेपाली मुस्लिम समूदायलाई उत्तेजित पार्ने, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता र सदभावलाई खल्बलाउने कृत्य गरेका छन् । ’
‘यस प्रति नेपालभरिका मुसलमानहरूको ध्यानाकर्षण भएको र कुनैपनि धर्म मान्ने व्यक्तिको आस्थामाथिको प्रहार सहन गा¥हो हुँदा मानिस उत्तेजित भई कुनैपनि कदम चाल्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।
मुस्लिम समूदायका श्रद्धेय अल्लाहका पैगम्बरमाथि तुक्ष, फोहोर, अश्लिल आरोप लगाएर अपमानित गर्ने जस्तो घिनौना कार्य गर्ने दासमाथि कानूनी कारवाही हुने छ भनी धैर्य गरेर बसेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै ज्ञापन पत्रमा भनिएको छ, ‘ धर्म निरपेक्ष नेपालमा विभिन्न धार्मिक समूदायलाई उचाल्ने, धार्मिक द्वन्द्व चर्काउने कमलनारायण दासहरू र सम्राट सेनाहरू नेपालमा दिनदहाडै अर्को साम्राज्य खडा गरेका छन् ।’
देशका विभिन्न स्थानमा अतिवादीहरूले मुस्लिम आस्थामाथि निरन्तर प्रहार गरी मुस्लिम विरोधी गतिविधि गर्दै आइरहेकोले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथोल्ने खालका एक पछि अर्को नियोजित षडयन्त्रले मुस्लिम समूदायको असल छवी धुमिल्याउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल एकिकरणको अभियानदेखि सुशासन लगायतका क्षेत्रमा मुस्लिम समूदायको विशिष्ट योगदान र उच्च छवीलाई प्रदुषित गर्ने दीर्घकालिन षडयन्त्र भइरहेको भन्दै कमलदासहरूालाई कानूनी कारवाहीको दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ ।
यस्तै धार्मिक उन्माद फैलन नदिन धार्मिक द्वन्द्व फैलाउने सम्राट सेनाका पदाधिकारीलाई पहिचान गरी कारवाही गर्न, धार्मिक ¥यालीमा रूट पर्मिट अनिवार्य गर्न, कुनैपनि कोणसभा वा ¥यालीमा अन्य धर्मको बारेमा नारा जुलुुस र भाषण नगर्न र भारतीय नम्बर प्लेटका गाडीमा हातहतियारसहित भारतीय नागरिकपनि आउने हुनाले यस्ता सवारी साधन र व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइनु पर्ने ४ बुँदे माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारसबै