जीवन र माया बीचको कठिन निर्णय: हरीश राणाको अन्तिम विदाइ

0 Shares

 एन्जु शिवाकोटी, विराटनगर ।

सबैलाई माफी दिँदै, सबैसँग माफी माग्दै अब जाऊ, ठीक छ।” यो भनाई कुनै कविताका होइनन् । एक दिदिले आफ्नो भाईलाई अन्तिम बिदाई गदै भनेकी हुन् । यो कुनै फिल्मको कहानी पनी होइन् । यो गाजियाबादमा १३ वर्षदेखि कोमामा रहेका हरीश राणालाई अन्तिम बिदाइ गर्दै गरेको क्षण हो ।त्यो क्षण उनका परिवारका लागि अत्यन्तै भावुक थियो, जब उनीहरूले आफ्ना छोरालाई अन्तिम बिदाइ दिँदै थिए। उनीहरूलाई थाहा थियो । हरीश अब कहिल्यै उठ्न सक्दैनन्, तर पनि १३ वर्षसम्म उनीहरूले ओछ्यानमै निरन्तर उनको सेवा गर्दै आएका थिए। कहिलेकाहीँ जीवनले यस्तो प्रश्न सोध्छ,जसको उत्तर शब्दले होइन आँसुले दिन्छ। त्यस क्षण आफ्नो सन्तानलाई मृत्यु दिदै गर्दा हरिशको परिवारले कस्तो महशुस गरिरहेका थिए त्यो हामी कल्पना पनि गर्न सक्दैनौ ।
भारतको सर्वोच्च अदालतले एक यस्तो फैसला सुनाएको छ ,जसले कानुन मात्र होइन मानवताको गहिरो पक्षलाई छोएको छ।यो निर्णय भारतको न्यायिक इतिहासमा अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिएको छ, जसले “सम्मानपूर्वक बाँच्ने मात्र होइन, सम्मानपूर्वक मर्न पाउने अधिकार” माथि पुनः गम्भीर बहस सुरु गराएको छ । १३ वर्षदेखि अचेत अवस्थामा रहेका हरीश राणाले अब गरिमापूर्ण मृत्यु पाउनेछन्। यो केवल एउटा फैसला होइन,यो १३ वर्षको पीडा, प्रतीक्षा र मौन संघर्षको अन्त्य हो।
हरिश चण्डीगढको पन्जाब युनिभर्सिटीमा बीटेक पढ्दै थिए । उनी पन्जाब युनिभर्सिटी टपर थिए । सन् २०१३ मा उनी होस्टेलको चौथो तलाबाट खसे । यसका कारण उनको शरीरमा पक्षघात भयो र उनी कोमामा गए ।त्यस दुर्घटनाले उनको जीवनलाई सधैँका लागि रोकिदियो।
कहिलेकाहीँ जीवनले यस्तो मोड लिन्छ, जहाँ सास फेर्नु मात्र जीवित हुनु हुँदैन । र त्यहीँबाट सुरु हुन्छ एउटा पीडादायी प्रश्न के जिउनु नै सबैभन्दा ठूलो विकल्प हो कि शान्तिसँग बिदा हुनु र ? उनको परिवार दिनरात एउटै प्रश्नसँग जुधिरहे, हाम्रो सन्तानलाई यस्तो अवस्थामा राख्नु के माया हो र? कि उसलाई मुक्त गरिदिनु नै साँचो माया हो ? यो प्रश्न सजिलो छैन । किनकि कुनै पनि आमाबुबाले आफ्नो सन्तान गुमाउन चाहँदैनन्। मनलाई कठोर बनाएर हरीशका परिवारले उनको पिडालाई मुक्ति दिने निर्णय गरे ।, विगत तिन बर्षदेखि हरिको इच्क्षा मृत्युको लागि लामो समयदेखि उनको परिवार अदालतमा धाइरहेका थिए । अन्ततः अदालतले अनुमति दियो उनको जीवनलाई कृत्रिम सहाराबाट मुक्त गर्न। यो केवल एउटा फैसला होइन,यो एउटा परिवारको वर्षौँदेखिको पीडा, संघर्ष र आँसुको अन्त्य हो।
फैसलापछि परिवारको एक भिडियो बाहिर आयो जहाँ आँसुले भिजेका आँखासँग उनीहरूले आफ्नो सन्तानलाई भने सबैलाई माफ गर,अब शान्तिसँग जाउ ।
त्यो दृश्यले हेर्ने हरेकको मन भत्किन्छ। कहिलेकाहीँ सबैभन्दा ठूलो माया समातेर राख्नु होइन छोड्न सक्नु पनि हुन्छ। र कहिलेकाहीँ विदाइ गर्नु अन्त्य होइन शान्तिको सुरुवात हुन्छ सक्छ ।

सम्बन्धित समाचारसबै