बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने

0 Shares

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जित्दै एकल बहुमत हासिल गरेको थियो।

निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई आफ्नो प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको थियो। अब पार्टी शाहकै नेतृत्वमा सरकार गठनको तयारीमा जुटेको छ।

सरकार गठनको तयारीका लागि रास्वपाका नेताहरूले राजधानीको रोयल सिंगी होटलमा छलफल गरेका थिए। छलफलपछि तय भएको छ कि सांसदहरूले चैत १२ गते शपथ लिने र प्रधानमन्त्रीले अर्को दिन, चैत १३ गते शपथ ग्रहण गर्नेछन्।

रास्वपाका एक शीर्ष नेताले भने, “आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ।” संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। त्यसलगत्तै रास्वपाले नयाँ सरकार गठन गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचारसबै