0
Shares
काठमाडौं । इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। यसबारे परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हर्मुज क्षेत्रबाट एक नेपाली नागरिक पक्राउ परेका छन्, तर पक्राउको कारण र उनीको पहिचान सम्बन्धी विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
पक्राउ परेका नेपालीको अवस्थाबारे पनि स्पष्ट जानकारी नआएको मन्त्रालयले जनाएको छ। कूटनीतिक माध्यमबाट थप विवरण संकलन गर्ने प्रयास भइरहेको बताइएको छ।
सरकारले उक्त घटनाबारे आवश्यक समन्वय र पहल गरिरहेको जनाएको छ। साथै, सम्बन्धित निकायमार्फत थप जानकारी प्राप्त भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।