0
Shares
१० चैत, काठमाडौं । मध्यपूर्वमा जारी युद्धको तनाव बढ्दै जाँदा खाडीका देशहरूमा सुरक्षा सतर्कता कडा बनाइएको छ। कुवेत र बहराइनले सम्भावित हमलाको चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
बहराइनको गृह मन्त्रालयले साइरन बजाएर देशभर सतर्कता अपनाएको जानकारी दिएको छ। मन्त्रालयले नागरिकलाई नआत्तिन, शान्त रहन र नजिकैको सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। साथै, आधिकारिक सूचनामात्रै विश्वास गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, कुवेतको सेनाले पनि देशमा मिसाइल र ड्रोन आक्रमणको प्रयास भइरहेको जनाएको छ। सेनाका अनुसार हवाई रक्षा प्रणाली सक्रिय भएर ती आक्रमणलाई रोक्ने काम भइरहेको छ।
दुवै देशले नागरिकलाई सतर्क रहन र सुरक्षासम्बन्धी सरकारी निर्देशन कडाइका साथ पालना गर्न अपिल गरेका छन्।