निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन: ‘न घुस खुवाउनुपर्छ, न थुनिनुपर्छ

0 Shares

 काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई अब सरकारी काममा घुस खुवाउनु पर्ने र अनावश्यक सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य हुने आश्वासन दिनुभएको छ। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले भन्नुभयो, “म घुस खान आएको होइन र अरूलाई पनि खान दिन्न।”

अर्थमन्त्री वाग्लेले आर्थिक बेइमानीको हकमा मानिसलाई थुनेर राख्नुभन्दा आर्थिक जरिवाना गर्ने नीति तर्फ सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो। राज्यले निजी क्षेत्रलाई सहयात्रीको रूपमा हेर्ने बताउँदै उहाँले लगानी र रोजगारी बढाउन आग्रह गर्नुभयो। यद्यपि, नियोजित रूपमा बेइमानी गर्नेहरूमाथि भने सरकार निर्मम हुने उहाँको चेतावनी छ।

सम्बन्धित समाचारसबै