गोकुल बास्कोटाको सरकारलाई चेतावनी: पूर्वाग्रह होइन, कानुनका आधारमा छानबिन गर

0 Shares

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारलाई विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पूर्ण पालना गर्न सुझाव दिएका छन् ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेन्द्र साह (बालेन) नेतृत्वप्रति लक्षित गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले केवल घण्ट बजाएर मात्र जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै शासन सञ्चालनमा विधि र कानुनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उनका अनुसार कुनै पनि व्यक्तिमाथि छानबिन गर्दा आग्रह वा पूर्वाग्रहका आधारमा नभई कानुनी तथ्य र प्रमाणका आधारमा अघि बढ्न आवश्यक छ । यसले मात्रै न्यायिक प्रक्रिया निष्पक्ष र विश्वसनीय बन्ने उनको भनाइ छ ।

बास्कोटाले नेपाली समाजको मौलिक संस्कारलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा महिलाप्रति संवेदनशील व्यवहार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले विधिको शासन, मानवअधिकार र सामाजिक मूल्य–मान्यताको सन्तुलन कायम राख्दै सरकार अघि बढे मात्र सुशासन स्थापित हुन सक्ने धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारसबै