हेटौंडामा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ ||

0 Shares

 हेटौंडा मकवानपुरको हेटौंडास्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा एसईई (SEE) परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिकले हेटौंडा-१२ का अंकिश श्रेष्ठको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका थिए। प्रहरीले नक्कली परीक्षार्थी बिक र परीक्षा दिलाउन लगाउने श्रेष्ठ दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचारसबै