सरकारले पेट्रोलियम पदार्थको करमा ५० प्रतिशत छुट

0 Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकमा यो निर्णय गरिएको हो। संघीय मामिला तथा प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले कर घटाइएको जानकारी दिइन्।

छुटअघि पेट्रोलमा भन्सार २५ रुपैयाँ २३ पैसा र भ्याट २३ रुपैयाँ २४ पैसा लाग्थ्यो। पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत सम्भार कर ४ रुपैयाँ, मूल्य स्थिरीकरण कोष २ रुपैयाँ २ पैसा, प्रदूषण कर १ रुपैयाँ ५० पैसा र हरित कर १ रुपैयाँ लाग्ने गरेको थियो।

यस्तै, डिजेलमा प्रति लिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्ने गरेको थियो। यसमा भन्सार १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार कर २ रुपैयाँ, प्रदूषण कर १.५० रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, हरित कर १ रुपैयाँ, भ्याट २०.९४ रुपैयाँ र मूल्य स्थिरीकरण कोष १.८२ रुपैयाँ रहेको थियो।

एलपी ग्यासमा राज्यले ३२४.९५ रुपैयाँ कर लगाएको छ, जसमा भन्सार ९०.८१ रुपैयाँ, ढुवानी शुल्क १.१८ रुपैयाँ, भ्याट २१३.८५ रुपैयाँ र मूल्य स्थिरीकरण कोष १९.१० रुपैयाँ रहेको छ। हवाई इन्धनमा पनि प्रतिलिटर ३४.४८ रुपैयाँ कर लाग्ने गरेको छ।

सम्बन्धित समाचारसबै