बिराटनगर, : – बिराटनगरको बिग होटेलमा संवाद कार्यक्रम सम्पन्न भएको छ।
संवाद फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा शिक्षा, स्वास्थ्य, सुचनाको हक र लागु औषध जस्ता सामजिक विषयवस्तुमा रहेर उक्त विषयहरुको सामाधान खोज्ने प्रयत्न गर्दै
शनिवार संवाद कार्यक्रम सम्पन्न भएको हो।
संवाद कार्यक्रममा २ वटा शेसन रहेकोमा पहिलो शेशनमा कार्यक्रम संचालक दिवेश कुमार महतोले उठान गरेको सुचनाको हक र बालश्रम सम्बन्धि प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको थियो।
शेशनमा प्रखर वक्ता राजीव साह र सुरज बाबुले सोहि विषयवस्तुहरुमा रहेर सटिक र सहजै बुझ्न सकिने गरि ( सुचनाको हक र बालश्रम ) को प्रतिउत्तर फर्काएका थिए। कार्यक्रममा शरिक भएका अन्य सहभागीहरु वक्ताहरु संग विषयवस्तुहरुमाथि प्रश्न तेर्स्याउदै जवाफ खोज्ने प्रयास गरेको बताए।
दोश्रो शेशनमा सामजिक विकृति विसंगति, लागु औषध, संचार क्षेत्र र स्वास्थ्य क्षेत्रमा रहेर बिराटनगरका संचारकर्मी हुसैन सेखले प्रश्न तेर्स्याउदै कार्यक्रमको सुरुवात गरेका थिए।
दोश्रो शेशनमा वक्ताको रुपमा बिराटनगरका चर्चित व्यक्तित्वहरु बिराटनगर आँखा अस्पतालका अस्पताल प्रवन्धक कुमार पृथु , पुर्वाञ्चल युनिभर्सिटिका प्राध्यापक तथा जेसिज मोरंगका पुर्व अध्यक्ष इश्वर भण्डारी र रिचमण्ड वृत्ति विकास मोरंगका प्रमुख तथा लागु औषध उन्मुलनमा सक्रिय संजिव चापागाईंको उपस्तिथी रहेको थियो।
शेशनमा सहभागी र वक्ताबीच १ घण्टा सम्म प्रश्नोत्तर चलेको थियो। सहभागीहरुले खुलेर लागु औषध निर्मुल तथा, संचार क्षेत्रको पहुँच र स्वास्थ्य क्षेत्रमा विकासको विषयमा रही प्रश्न गरेका थिए, जसमा वक्ताहरुले पालैपालो सहभागी विध्यार्थीहरुको प्रश्नको जवाफ फर्काएका थिए।
लागु औषध उन्मुलनमा सक्रिय रहेका संजिव चापागाईंले कुलतमा युवाहरु फस्नुका मुख्य कारण, युवाहरुमा बढोत्तरी भइरहेको मेन्टल हेल्थ, आत्महत्या, लागु औषध ओसार पोसार जस्ता विषयवस्तुहरुमा रही प्रकाश पारेका थिए।
त्यस्तै दोश्रो वक्ता जेसिज मोरंगका पुर्व अध्यक्ष समेत रहेका इश्वर भण्डारीले सिक्षाको महत्व, युवाहरुको विदेश पलायन, रोजगारी र संचार क्षेत्रलाइ कसरि प्रभावकारी बनाउने विषयमा आफ्नो अनुभव साझा गरेका थिए।
तेश्रो वक्ता सामजिक अभियान्ता तथा बिराटनगर आँखा अस्पतालका अस्पताल प्रवन्धक कुमार पृथुले बालबालिकाहरुमा आँखाको समस्या उच्च रहेको , खानपान, सरकारको नयाँ स्वास्थ्य बिमा कार्यक्रम र स्वास्थ्यको हब बन्दै गएको बिराटनगरले पर्यटन विकासमा कसरि मद्दत पुर्याउन सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई आफ्नो अनुभव र पहल बुझाएका थिए।
दुइ वटै शेशन पश्चात सम्बाद फाउन्डेसनको मोरंग जिल्ला कार्यसमितिको चयन गरिएको र आजको शेशनले सहभागी र विद्यार्थीहरुमा थप जानकारी संगै उर्जा थपिएको महशुश भएको सम्बाद फाउन्डेसनका अध्यक्ष कुमार भाष्करले जानकारी दिए।
फोटोहरु : –

