कोलकाताबाट सोझै विराटनगर आयो कार्गो रेल :ढुवानी लागत र समय घट्ने, उद्योगीलाई राहत ।

0 Shares

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक तेस्रो मुलुकको कच्चा पदार्थ बोकेर छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित नेपाल कस्टम यार्ड आइपुगेको छ। गत शुक्रबार कोलकाताबाट हिँडेको सो रेलमा विराटनगरस्थित स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ (क्यानोला सिड) ल्याइएको हो नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने औद्योगिक मालसामान अब भारतीय रेलमार्फत सोझै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

यसअघि २०८० जेठमा बथनाहा–विराटनगर खण्डमा परीक्षणका रूपमा कार्गो रेल ल्याइए पनि सेवा नियमित हुन सकेको थिएन। हाल नीतिगत स्पष्टता, प्रशासनिक समन्वय र प्रक्रियागत बाधा हटेपछि कोलकाताबाट सोझै विराटनगरसम्म नियमित रेल ढुवानीको बाटो खुलेको हो।कार्गो रेलको प्रस्थानका क्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, भारतीय भन्सार, पोर्ट ट्रष्ट र कन्टेनर निगम लिमिटेड (कोनकोर) का प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए।सोमबार भन्सार यार्डमा आइपुगेको रेललाई भन्सार प्रशासन, स्थानीय उद्योगी तथा व्यवसायीहरूले भव्य स्वागत गरे। भारतीय बन्दरगाहबाट सोझै विराटनगरसम्म रेलमार्फत सामान आउन थालेपछि सडक मार्गको झन्झट, बिलम्ब शुल्क (डेमरेज) र उच्च ढुवानी खर्च हट्ने भन्दै सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले यसलाई ठूलो राहतका रूपमा लिएका छन्।

 

सम्बन्धित समाचारसबै