विराटनगर,
विराटनगर १८ भेडियारिमा शनिबार १२ बजे माछा मार्ने क्रममा एक बालकको मृत्यु भएको छ। विराटनगर १८ मटेरवामा बसोबास गर्दै आएका राजदासको पोखरीमा मृत्यु भएको हो। राजदास र उनका चारजना साथीहरू शनिबार ११ बजे माछा मार्न आएका थिए तर उनलाई पौडी खेल्न नआएको कारण मृत्यु भएको स्थानीयले बताएका छन्।
इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल र स्थानीयको मद्दतमा राजदासलाई अपरान्न १२ बजे पोखरीमा जाल हानी निकालिएको हो। इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापाले भित्रको खबरसंगको कुराकानीमा भने ” बालक डुबेको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बलको समन्वयमा बालकको खोजी कार्य तीव्र गरिएको थियो। एक घण्टाको प्रयत्न पश्चात् बालकलाई उक्त पोखरीबाट निकालिएको हो” मृतक बालक राजदासको बुवा छोटेलाल दास को पनि केही महिनाअघि मात्र देहान्त भएको थियो। मृतक बालकका आमा सन्जिता दास रघुपति जुट मिलमा काम गर्दै आएकी छिन्।