सरकारका ७ निर्णय | बधशाला ऐन देशभर लागू हुने, प्रदर्शनका घाइतेलाई राहत ||

0 Shares

२० साउन, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका प्रमुख ७ निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ), विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी नियुक्तिका साथै केही महत्त्वपूर्ण विधेयक र नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू:

  • १. तथ्याङ्क नियमावली स्वीकृत: ‘तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरिएकाे छ।

  • २. लगानी बोर्डमा नयाँ नेतृत्व: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौँकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरिएकाे छ।

  • ३. संस्थान गाभ्ने निर्णय: नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न (मर्ज गर्न) स्वीकृति दिइएको छ।

  • ४. पशु बधशाला ऐन देशभर लागू हुने: ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरिएकाे छ।

  • ५. बालबालिका विधेयक संसद्मा लगिने: ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

  • ६. विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति:

    • अध्यक्ष: प्रा. डा. खड्गबहादुर केसी (पर्वत)

    • सचिव: प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर)

  • ७. पीडितलाई राहत र उपचार: सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति तथा राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ।

सम्बन्धित समाचारसबै