पर्वतारोही पुरबहादुर गुरुङलाई अन्तिम विदाइ, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि ||

0 Shares

२२ साउन, काठमाडौं । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।

उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो ।

ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको थियो ।अन्त्येष्टि अघि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए ।

गृहमन्त्री गुरुङले पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

 

सम्बन्धित समाचारसबै