0
Shares
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने भएका छन्। साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गरेलगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्ने तयारी गरेका हुन्।
गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। संविधानबमोजिम विश्वासको मत लिनुपर्ने ३० दिनको अन्तिम समयसीमा आजै सकिँदै गर्दा बहुमत पुग्ने अवस्था नदेखिएपछि उनले राजीनामाको बाटो रोजेका हुन्।
बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि यो निर्णयमा पुगिएकाे हो। मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ, जहाँ नेकपा र एमालेबिच भएको सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी छ।