सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै , आजै ३ बजे शपथ ग्रहण ||

0 Shares

काठमाडौँ । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहान ११ बजेसम्मको समय दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।सत्ता साझेदार नेकपा एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए ।

‘बिहान ११ बजे मुख्यमन्त्री नियुक्त हुने जानकारी प्राप्त भएको छ । आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम राखिएको छ । सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ’, रातोपाटीसँग भट्टले भने । =साउन ९ गते एमाले र नेकपाबिच भएको तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार सुदूरपश्चिम नेकपाको भागम परेको थियो । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल रहेको छ । एमालेको ११ सिट रहेको छ ।

सम्बन्धित समाचारसबै