रवि लामिछानेले बोलाए मन्त्री र सांसदहरूको ‘सख्त’ बैठक ||

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूको आकस्मिक बैठक बोलाएका छन्। बैठकमा सहभागी हुन रास्वपाका सांसद र मन्त्रीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्ने क्रम जारी छ।

पछिल्लो समय रास्वपा सांसदहरूले दिएका सार्वजनिक अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर पार्टीभित्र तथा बाहिर असन्तुष्टि बढ्दो छ। यही पृष्ठभूमिमा सभापति लामिछानेले संसदीय भूमिकालाई थप सशक्त बनाउन, सरकारका काम-कारबाहीको समीक्षा गर्न र सांसदहरूका हालैका गतिविधिसम्बन्धी छलफलका लागि यो बैठक बोलाएका हुन्।

    

सम्बन्धित समाचारसबै