नेपाल–चीन सीमाका २०० बासिन्दालाई ठूलो राहत | गाउँमै पुगेर बाँडियो प्रस्थान तथा प्रवेश अनुमतिपत्र ||

0 Shares

गाउँमै प्रशासनिक सेवा पुगेपछि डोल्पाको उत्तरी सीमावर्ती क्षेत्रका बासिन्दाले ठूलो राहत पाएका छन्। जिल्ला प्रशासन कार्यालय डोल्पा र शे–फोक्सुण्डो गाउँपालिकाको संयुक्त पहलमा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० स्थानीयलाई प्रस्थान तथा प्रवेशपत्र (बोर्डर पास) वितरण गरिएको छ।

भौगोलिक विकटता र लामो दूरी छिचोलेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँमै पुगेर विवरण संकलन गरी स्थानीयलाई यो पास उपलब्ध गराइएको हो। घरदैलोमै सेवा पाएपछि स्थानीय बासिन्दा निकै उत्साहित देखिएका छन्।दैनिक उपभोग्य सामग्रीको खरिद, सानातिना व्यापार–व्यवसाय तथा आफन्त भेटघाटका लागि सीमापारि नियमित आवतजावत गर्नुपर्ने स्थानीयको जीवनयापनलाई यसले सहज बनाउनेछ। यस वितरणले नागरिकको दैनिक यात्रालाई कानुनी र व्यवस्थित तवरले सुरक्षित बनाएको छ।दुर्गम क्षेत्रमा स्थानीय तह र जिल्ला प्रशासनबीचको यो सहकार्य नागरिकमैत्री सेवा प्रवाहको उत्कृष्ट नमुना बनेको छ। आगामी दिनमा पनि यस्ता अत्यावश्यक प्रशासनिक सेवा स्थानीय स्तरमै निरन्तर उपलब्ध गराउने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचारसबै