जामको झन्झट सकियो , नागढुङ्गा सुरुङमार्ग निजी गाडीका लागि खुला, पालना गर्नुपर्ने ५ नियम ||

0 Shares

काठमाडौँ । उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ।

नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानजस्ता निजी सवारी साधनलाई काठमाडौँ–धादिङ आवागमनका लागि अनुमति दिइएको हो। सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो।

Tata
Futuressoft
Naagdhunga Tunnel_-1442

Laxmi sunrise bank
‘यो हप्ता सवारी सञ्चालनको विश्लेषण गर्छौँ। चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि अन्य सवारीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ।’

Shivam Cement
Naagdhunga Tunnel_-1433

Asian Paints
हाललाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालनमा ल्याइने छ। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन। सोमबार बिहानैदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ।

Naagdhunga Tunnel_-1434

सुरुङभित्र सवारी चलाउन निश्चित नियम पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। यस्तै, अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनेलभित्र गाडी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदलयात्री, दुईपाङ्गे्र सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।

Naagdhunga Tunnel_-1435

सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा र शुल्क संकलन युनिटको व्यवस्थापनका साथै सीसीटीभीमार्फत आन्तरिक निगरानी भइरहेको श्रेष्ठले बताए।

Naagdhunga Tunnel_-1436

करिब २९ अर्ब रुपैयाँ लगानीमा बनेको यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरिएको थियो। नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले यसको उद्घाटन गरेका थिए। २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए।

Naagdhunga Tunnel_-1437

प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सकिनुपर्ने भए पनि कोभिड-१९ र मुआब्जा विवादका कारण आयोजना ढिलाइ भएको हो। २०८० साउन २२ मा रेस्क्यु टनेल र २०८१ असार ३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर छ।

Naagdhunga Tunnel_-1438

सुरुङको निर्माण ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो। सुरुवातमा जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानी रहने भनिए पनि पछि लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

Naagdhunga Tunnel_-1439

नियमित सञ्चालन सुरु भएपछि भने सुरुङ प्रयोग गरेबापत शुल्क तिर्नुपर्नेछ। काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ, मिनीबस तथा टिपरले ११५ र ८० रुपैयाँ, बस तथा ट्रकले २६० र २०० रुपैयाँ र हेभी ट्रकले ६०० र २५० रुपैयाँ शुल्क बुझाउनुपर्छ।

Naagdhunga Tunnel :

-1440Naagdhunga Tunnel_

-1441Naagdhunga Tunnel_

-1443Naagdhunga Tunnel_

-1444Naagdhunga Tunnel_

-1445Naagdhunga Tunnel_

-1446Naagdhunga Tunnel_

-1447Naagdhunga Tunnel_

-1448Naagdhunga Tunnel_

सम्बन्धित समाचारसबै