गण्डकीका एमाले समर्थित चारै जना मन्त्रीद्वारा मुख्यमन्त्रीसमक्ष राजीनामा |

0 Shares

१० भदौ, पोखरा । सत्ता समीकरणमा आएको बदलावसँगै नेकपा (एमाले) बाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चारै जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बुधबार बसेको एमाले संसदीय दलको बैठकको औपचारिक निर्णयलगत्तै मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाएका हुन्। यसअघि मङ्गलबार बसेको संसदीय बोर्डको बैठकले सरकारबाट बाहिरिने र मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो।

राजीनामा बुझाउने मन्त्रीहरूमा:

  • गोविन्द नेपाली – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

  • भीम कार्की – भूमि व्यवस्था, कृषि तथा सहकारी

  • यशोदा रिमाल – उद्योग तथा पर्यटन

  • लक्ष्मण पाण्डे – स्वास्थ्य

गत वैशाख २ गते मन्त्रिपरिषद् हेरफेरका क्रममा नियुक्त भएका उनीहरू नयाँ राजनीतिक समीकरण बनेसँगै नेपाली कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएका हुन्। हाल गण्डकी प्रदेशमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेको छ।

सम्बन्धित समाचारसबै