मैवाखोलाले बगायो दुई जनालाई, खोजीमा प्रहरी र स्थानीय ||

0 Shares

ताप्लेङजु — मैवाखोलामा ट्याक्टर खसेपछि दुई जना बेपत्ता भएका छन्। दुर्घटनापछि खोलाले बगाएको आशंकामा प्रहरी र स्थान्।

मेरिङदेन गाउँपालिका–३ दोभान बजार नजिक सोमबार बिहान करिब २स्४० बजे ट्याक्टर दुर्घटनामा परेको हो। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको ट्याक्टर पुल नजिकैबाट सडक छाडेर करिब २० मिटर तल मैवाखोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक समीर बराइली र त्यसमा सवार अनिल नाल्बो बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय दोभानका प्रहरी नायब निरीक्षक शिवकुमार मण्डलका अनुसार दुवै जनालाई खोलाले बगाएको अनुमान गरिएको छ।

घटनालगत्तै स्थानीयवासी र प्रहरी टोली खोजीमा जुटेको छ। बेपत्ताको खोजीका लागि सदरमुकाम फुङलिङबाट थप प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न नसकेको र उक्त ट्याक्टर भेनियर कम्पनीको भएको बताइए

सम्बन्धित समाचारसबै