0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन्।
राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएका छन्।
उनले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।