रसुवा बाढी हजारौँ प्रभावित, करिब ५ हजार सम्पर्कविहीन ||

0 Shares

काठमाडौं । रसुवा बाढीपछि खोज, उद्धार, उपचार र राहतको काम जारी रहँदा बाढीको प्रभाव रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व–पश्चिमसम्म परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार विभिन्न स्थानबाट अहिलेसम्म १ हजार ३ सय ५५ जनाको मानवीय क्षति भएको छ भने करिब ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। खोज तथा उद्धारका क्रममा रसुवामा १ सय ५६, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, गोरखामा ५५, तनहुँमा ३८, चितवनमा ३ सय ६३ तथा नवलपरासी पूर्व र पश्चिममा क्रमशः २ सय २२ र २ सय ३१ स्थानमा खोजी भइरहेको छ।
उद्धार गरिएकामध्ये १३ हजार ३ सय २६ जनाको उद्धार भइसकेको छ भने ६ हजार ६ सय ७२ जना घाइतेको उपचार गरिएको छ। विभिन्न स्थानमा ३१ वटा होल्डिङ सेन्टर सञ्चालन गरी ३ हजार ४ सय ३३ जनालाई व्यवस्थापन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १२ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालित छन्। हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउने काम जारी छ। विद्युत् र सञ्चार सेवा प्रभावित भए पनि क्रमशः पुनःस्थापना भइरहेको छ। सरकारले प्रभावित जिल्लामा नगद राहत उपलब्ध गराउनुका साथै खाद्यान्न, इन्धन, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिरहेको छ।
हेर्नुहोस – कहिले कहाँ के भयो ?

सम्बन्धित समाचारसबै