गोली चले मात्र ढल्छु’—गृहमन्त्री गुरुङको कडा चेतावनी, सुशासनको प्रतिबद्धता ||

0 Shares

‘गोली चले मात्र ढल्छु’,
गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू आफ्नो जिम्मेवारीबाट पछि नहट्ने संकेत गर्दै कडा चेतावनी दिएका छन्। ‘गोली चले मात्र ढल्छु’ भन्दै उनले आफ्नो अडान स्पष्ट पारेका हुन्।
काठमाडौंमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले देशमा पुनः हिंसात्मक अवस्था सिर्जना हुन नदिने दाबी गरे। अहिलेको अवस्थामा देशमा गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको भनाइ थियो।
उनले पार्टी सभापति रवि लामिछानेले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीलाई जनताको अपेक्षाअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
गुरुङले जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई स्मरण गर्दै सुशासन स्थापना, नागरिकको सुरक्षा र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
‘गोली चले मात्र ढल्छु’ भन्ने उनको अभिव्यक्ति कार्यक्रममा सबैभन्दा चर्चामा रहेको चेतावनीपूर्ण भनाइ बनेको छ।

सम्बन्धित समाचारसबै